काठमाडौं । कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण दिन प्रति दिन बढ्दै गएको छ । तर कोरोना संक्रमण र यसको जोखिम बढ्दै गर्दा नेपालमा सवारीसाधनमा जोर विजोर प्रणाली बाहेक विविध आर्थिक क्रियाकलापहरु खुलाइएको छ ।
मुलुकको अधिकांश आर्थिक गतिविधिहरु सुचारु गरिँदा नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ मानिने पर्यटन क्षेत्र भने झनै धरासायी बन्दै गएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
पर्यटन क्षेत्रको विकासमा सरकारले चासो नदेखाएको पर्यटन व्यबसायीहरूको आरोप छ । नेपालको आर्थिक प्रवद्र्धनका लागी पर्यटन क्षेत्रले निकै महत्वपुर्ण भुमिका खेलेको छ ।
चाडपर्व नजिकिँदै गर्दा दशै, तिहार र छठ लगायतका पर्वहरुमा विभिन्न प्याकेजहरु जस्तै दुई दिने र्याफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ जस्ता प्याकेजहरु ल्याउन सके खस्केको पर्यटन व्यवसायलाई केहि राहत मिल्ने व्यवसायीहरु बताउँछन् ।
कोरोना प्रभावका कारण नेपालमा कोरोना संक्रमित देखिनुअघि नै यहाँको पर्यटन क्षेत्र ठप्प छ । यसको प्रत्यक्ष असर नेपालको आर्थिक क्षेत्रमा समेत परेको देखिन्छ । पर्यटन व्यबसायी र कर्मचारकिो समेत रोजगारी खोसिएको छ ।
‘कोभिड – १९’ पछि पर्यटन व्यवसायमा संलग्नहरू गाउँघर तिर गएको र सरकारले कुनै पनि विकल्प नदिँदा व्यवसाय ठप्प बनेका पर्यटन व्यबसायीहरुको गुनासोे छ ।
यतिका समय बितिसक्दा पनि सरकारले पर्यटन क्षेत्रलाई बेवास्ता गरेको व्यवसायीको आरोप छ । सरकार यस विषयमा मौन रहेको भन्दै उनीहरुले बेलाबेला घच्घच्याएका छन् ।
कोभिडको माहामारीसँगै पर्यटन व्यवसायको विकल्प प्रति सरकार गम्भीर हुन आजको मुख्य आवश्यक्ता हो । र यो विषय प्रति निकट भविष्यमा नै निर्णय हुनु पर्ने व्यवसायीहरुको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया