अनलाइन विजनेशमा नेपालीको विश्वास जित्ने लक्ष्यका साथ मेरोब्राण्ड डट कम

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार शुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मेरोब्राण्ड डटकमले आफ्नो उपस्थिती जनाएको कम्पनीले बताएको छ ।

बजारमा उपभोक्ताहरुले आफूले खोजेको ब्राण्ड न्यूनतम मूल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाडौं उपत्यका भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ ।

अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरिय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङ प्रति आम उपभोक्ताको विश्वसनीयता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको कम्पनीका सिईओ राजकुमार विष्टले बताएका छन् । आम उपभोक्ताले मेरोब्राण्ड डटकममा लग इन गरी आफूले चाहेको वस्तु खरिद गर्न सक्नेछन् ।

उपभोक्ताले वस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज व्यवस्था रहेको छ । मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ शुरु गरेको मेरोब्राण्ड अनलाईन सपिङ उपभोक्तालाई अपनत्व कायम गराउने दाबी छ । यस अनलाइन प्ल्याटफर्म मा विभिन्न ब्राण्ड तथा भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीका सिइओ बिष्टले जानकारी दिए ।

दशैँको घटस्थापनाको विशेष अवसरमा शुरु गरिएको मेरोब्राण्ड डटकम मार्फत् खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । मगाएको सामान आफूले भने बमोजिम नभएमा ७ दिन भित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसि समेत उपलब्ध गराइएको छ ।

नेपालमा अहिले पनि अनलाइन सपिङमा अस्वस्थ प्रतिस्पर्धा रहको बताउँदै मेरोब्राण्ड डटकमले भने फाइदा भन्दा जनताको विश्वास जित्न प्रयत्न गर्ने उललेख गरेका छन् । त्यसकारण कम्पनीले मुनाफा भन्दा सेवामा नै जोड दिएको सिइओको भनाई छ । साथै, मेरोब्राण्ड डटकम बजारमा सस्तो लोकप्रियताको पछि नलागी गुण्स्तरीय सेवामा केन्द्रित रहने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?