काठमाडौं । गत साता दशैँ आगाडिको अन्तीम कारोबार दिन कात्तिक ६ गते नेपाली बजारमा सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
दशैँको छुट्टि लगत्तै खुलेको बजारमा गत साताको बिहीवार अर्थात् कात्तिक १३ गते सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको थियो भने चाँदी प्रतितोला ५० रुपैयाँले घटेर कारोबार भएको थियो । बिहीवार सुन प्रतितोल ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
दोस्रो दिन अर्थात् गत शुक्रवार सुन पुनः २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य भनेस्थिर रहेको थियो ।
त्यस्तै दशैँ सकिएको अर्को साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य गत शुक्रवारको तुलनामा ५ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले बताएको छ । त्यस्तै १५ रुपैयाँ बढेको चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया