शेयर बजार ३.३३ अंकले घट्दा साढे २ अर्ब बराबरको कारोबार

काठमाडौं । पछिल्लो ३ कारोबार दिन देखि शेयर बजार निरन्तर घटिरहेको छ । दशैँपछिको पहिलो कारोबारदिन ४१ अंक भन्दा घेरैले बढेको बजार त्यस पश्चात निरन्तर घटिरहेको छ ।

सोमवार पनि शेयरबजार परिसूचक नेप्से ३.३३ अंकले ओरालो लागेको छ । सोमवारको शेयर बजार परिसूचक नेप्से १६३७.६३ अंकको विन्दु्मा बन्द भएको छ ।

सोमवार घटेको बजारमा ४ समूहको परिसूचकमात्र घटेका छन् । बाँकि ८ समूहको परिसूचकमा भने वृद्धि देखिएको छ । बैंकिङ, विकास बैंक, जिवन बिमा र अन्य समूहको परिसुचक घटेका छन् भने बाँकि सबै समूहको परिसूचक बढेका छन् । जसमा व्यापार समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ भने लद्युवित्त समूहको परिसूचक २.३९ प्रतिशतले बढेको छ । बाँकि घटबढ हुने सबै समूहको परिसूचक १ प्रतिशत भन्दा कम रहेका छन् ।

०.२० प्रतिशतले घटेको बजारमा ४ कम्पनीको शेयरमूल्यमा भने सर्र्किट ब्रेक लागेको छ । जसमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १ सय ९३ रुपैयाँले कमाएका छन् । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.१४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकममा सोमवार पनि बैकिङ समूहकै सर्वाधिक कारोबार भएको छ । जसमा प्राईम कर्मशियल बैंकको १२ करोड ४० लाख ९७ हजार ७ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा पनि प्राईम कर्मशियल बैंकको ३ लाख ६० हजार ८ सय ९० कित्ता शेयरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा जनरल इन्स्योरेन्सको २४ सय ८४ पटक कारोबार भएको छ ।

सोमबार १९७ कम्पनीको ३४ हजार ४ सय ५३ पटकको कारोबारमा ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयरको खरिदबिक्रिहुँदा २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

सोमवारको कारोबार पश्चात नेप्सेको बजार पूँजीकरण २१ खर्ब ९० अर्ब ९९ करोड १२ लाख ७० हजार ३३ रुपैयाँ ५ पैसा कायम भएको छ ।
सोमवार कारोबारमा आएका कम्पनी मध्ये ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि १८ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?