प्रस्तुत कोइराला /काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपालको उडड्यान सुरक्षालाई थप सुधार गरेको छ ।
हवाई उडानमा सुरक्षाको विषय सबैभन्दा संवेदनशील रहेको हुनाले अहिलेको प्रतिष्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न सकिएन भने व्यवसायीक सफलता पनि हाँसिल हुन नसक्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठको भनाई छ ।
यसै सुरक्षाको विषयलाई ध्यानमा राखेर नेपाल वायुसेवा निगमले करिब २६ वर्षदेखि प्रयोग गर्दै आएको सिता फ्लाइट प्लानिङ स्फ्ट्वेयर परिर्वतन गरि एअरबस कम्पनीले विकास गरेको अत्याधुनीक न्याभब्लू फ्लाईट प्लानिङ (एनएफपी) पूर्ण रुपमा लागू गरेको छ ।
न्याभब्लू फ्लाईट प्लानिङ प्रणालीमा मौसम पुर्वाअनुमान, पाईलटलाई विस्तृत पूर्व सूचना, रेम प्रोडक्सन, ओभरफ्लाई चार्ज, रुट एण्ड फ्यूल अप्टिमाइजेशन लगायतका बहुउपयोगी विषेशताहरु रहेका छन् ।
यो सफ्टवयेरको परिवर्तनले हाल चलाई आएको प्रणालीको तुलनामा निगमको करिब ३० प्रतिशत खर्च समेत बचत हुने प्रवक्ता श्रेष्ठले बताइन् ।
हवाई उडानको सुरक्षालाई थप सुरक्षित ढंगले परिचालन गर्न न्याभब्लू फ्लाईट प्लानिङ (एन एफ पी) लागु गरिएको उनको भनाई छ । न्याभब्लू फ्लाईट प्लानिङ (एन एफ पी) विश्वको सम्पूर्ण एयरलाइन्सहरुलाई पूर्ण डिजिटलाईजेशन गर्ने उद्देश्यले सन् २०१६मा स्थापना भएको संस्था हो ।
त्यस्तै निगमका सह प्रवक्ता शुलेख मिश्राका अनुसार वायुसेवा निगमको प्रमुख प्राथमिकता सुरक्षा नै रहेको कारण यस प्रविधिको प्रयोग गर्न कुनै ढिलाई नगरिएको बताएका छन् । विश्वस्तरमा उडड्यन सुरक्षा सम्बन्धी आधुनिक उपकरणको प्रयोगमा निगम सदैव गम्भीरता पूर्वक लागेको बताउँदै उक्त प्रणाली विश्वसनीय समेत रहेको धारणा राखेका छन् ।
साथै उक्त सफ्टवयेरको परिर्वतनले नेपालको हवाई उडान क्षेत्रको स्तर अझ उकासिने विश्वास सह प्रवक्ता मिश्राले लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया