काठमाडौं । माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ ।
उक्त कम्पनीको आईपीओ कात्तिक २६ देखि मंसिर २ गतेसम्मका लागी खुलाइने भएको छ । यदि पूर्ण आवेदन नपरेको अवस्थामा मंसिर १० सम्म आवेदन दिन सकिने बताइएको छ ।
कम्पनीले १८ लाख ३० हजार २६५ कित्ता शेयर आईपीओ मार्फत विक्री खुला गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ५ प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता शेयर सामूहिक लगानीकोषका लागि कम्पनीले बाँडफाँट गर्ने छ ।
कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि
कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको थियो ।
यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ जस्को अर्थ उक्त कम्पनीको वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया