सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

नेप्सेको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ)  सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको शेयर बुधवारदेखि नेप्सेमा कारोबार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?