काठमाडौं । संघाई र हङकङमा सूचिकृत हुन लागेको ज्याक मा को कम्पनी एन्ट गु्रपको शेयर अन्तिम समयमा निलम्बित भएको छ ।
चिनियाँ अधिकारीहरुले एन्ट कम्पनीको अन्तिम समयमा भएको निलम्बनको पछाडी अत्यन्तै महत्वपूर्ण कारण रहेको बताएका छन् ।
एन्ट कम्पनीको मातहातमा अलि पे छ जुन चाँईनाको प्रमुख अनलाई कम्पनी हो । जसको क्यास, चेक र के्रडिट कार्डको कारोबारमा ह्रास आएको छ । एन्ट कम्पनीको एक तिहाई हिस्सा ओगटेको अलिबाबाको शेयर एन्टको निलम्बनको खबरसँगै हङकङको ट्रेडिङमा ९.६ प्रतिशतको सक्रिट लागेको छ भने न्यूर्वकको कारोबारमा ८.१ प्रतिशतले घटेको छ ।
यस प्रक्रियमा मात्रै अलिबाबा कम्पनीको पूँजी ७६ विलियन डलरले घटेको छ । जुन एन्ट कम्पनीले आइपीओ मार्फत उठाउन लागेको रकमको दोब्बर रकम हो ।
सांघाई स्टक एक्स्चेन्जले आफ्नो प्रतिवेदनमा ज्या मा लाई सोधपुछका लागी बोलाइएको जनाएको छ । नयमनको परिवर्तन भएको निति अनुसार एन्ट कम्पनीले नयाँ मापदण्ड पूरा नगरेको आरोप लगाएको छ ।
त्यसपश्चात लगत्तै हङकङ स्टक एक्स्चेन्जले पनि एन्ट कम्पनीको सुचिकरण रोकेको थियो ।
विश्वको सबैभन्दा ठूलो सार्वजनिक निष्काषन आइपीओ चीनीयाँ नियमनका कारण अलपत्र पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया