काठमाडौं । आर एम डि सि लघुवित्तले आर्थिक वर्ष २०७७ ७८ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कूल आम्दानी १७ प्रतिशतले खुम्चिएको देखिएको छ ।
बुधवार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६.०५ करोडमा सिमित रहेको छ । गत आर्थिक वर्षको सोहि समयमा कम्पनीको खुद नाफा ७.३५ करोड रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा १६ प्रतिशतले घटेको हो । जसका कारण खुद नाफामा गिरावट आएको विवरणमा देखिएको छ ।
चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ उक्त कम्पनीले जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ ।
कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रति शेयर नेटवर्थ बढेर २५३ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको पी इ रेसियो ३६.५३ कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया