काठमाडौं । बुधवार शेयर बजार सामान्य २.३९ अंकले घटेको छ । बुधवार घटेको बजार १६४०.६४ अंकको विन्दुमा बन्द भएको छ । बुधवार सेन्सिटिभ इन्डेक्स पनि सामान्य ०.०३ प्रतिशतले घटेको छ । ०.१५ प्रतिशतले ओरालो लागेको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका छन् ।
१२ वटा समूहको परिसूचक मध्ये ७ वटा समूहको परिसूचक घट्दा ५ वटा समूहको परिसूचक भने बढेको छ । जसमा व्यापार समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले बढेको छ भने र्निजिवन बिमा समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ । बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भनदा थोरैले घटबढ भएको छ ।
बुधवार प्राइम कर्मश्यिल बैंकको सर्वाधिक ९ करोड ५ लाख ३३ हजार ४ सय ३३ रुपैयाँको कारोबार भएको छ भने अरुण काबेली पावर लिमिटेडको सर्वाधिक ३ लाख ६ हजार ७ सय ३ कित्ता शेयर खरिदबिक्रि भएको छ । कारोबार संख्याका आधारमा भने जनरल इन्स्योरेन्स्को १ हजार १ सय ८९ पटक कारोबार भएको छ ।
बुधवार पनि विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बुधवारबाट कारोबार शुरु भएको सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै केहि दिनदेखि लगातार सर्किट लागीरहेको शिव श्रि हाइड्रोपावर बुधवार सर्वाधिक ५.१७ प्रतिशतले घटेको छ । त्यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३ सय ५० रुपैयाँले गुमाएका छन् ।
बुधवार २०२ कम्पनीको २४ हजार ८२ पटकको कारोबारमा ५६ लाख ३१ हजार ६ सय ४ कित्ता शेयरको खरिदबिक्रि हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ४ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।
बुधवार कारोबरमा आएका कम्पनी मध्ये २४ कम्पनीको शेयर मूल्य स्थिर रहँदा ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकि ९३ कम्पनीको शेयरमूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया