काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल बिस्तारै तात्न थालेको छ । एकातिर पूर्व अध्यक्षहरु सहमतिको प्रयास खोज्दै नयाँ निकास खोज्न लागेका छन् भने अर्को तर्फ उम्मेद्वारहरु भने अट्याक र काउन्टर अट्याकमा बिस्तारै ओर्लिंदै छन् ।
सहमतीको ट्वीटले बजारमा तरङ्ग ल्याइरहँदा लोकपथ डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेलसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले ‘सहमती भनेको पुरानालाई बाईबाई र नयाँ इनर्जीलाई नेतृत्व दिने हो । यो भनेको म चन्द्र ढकाल नै हो । ’ भन्ने दाबी गरेका छन् ।
पैसाको बलमा तपाई चुनाव जित्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने लोकपथको प्रश्नमा ढकाल भन्छन् ‘र्हेनुस् लभेशजी तपाईहरुले महासंघलाई र यसको चुनावी राजनीतिलाई बुझ्नु भएको छैन । महासंघको चुनाव मुद्दा र एजेन्डाको भरमा जितिन्छ , पैसाले होइन यहाँ सबै पैसावाल नै छन् ।’
ढकाल भन्छन् ‘ म विजनेश म्यान हुँ । फाल्तुमा पैसा बाँढ्ने भए उहिल्यै कंगाल भईसक्थेँ । आजको दिनमा महासंघमा मेरो नेतृत्वको आवश्यक्ता छ । मसँग क्षमता पनि छ र अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ , त्यसैले अब महासंघलाई नयाँ उचाईमा चन्द्र ढकालले पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी यहि कात्तिक ५ गते दर्ता गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया