प्रस्तुत कोईराला/काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिका विशिष्ट सदस्य हुन् चण्डीराज ढकाल । महासंघको संरचनाभित्र मजबुत पकड राख्ने ढकाललाई महासंघमा ‘किङ मेकर’ को रुपमा चिनिन्छ । नेपालको उद्योगी व्यवसायीका मुद्दालाई चर्को रुपमा उठान गर्न सक्ने क्षमता राख्ने ढकाललाई आज–भोलि भने नयाँ पुस्ताका नेतृत्व पंक्तिले बिस्तारै हस्तक्षेपकारी भूमिकाबाट टाढा राख्न खोज्दै छन् ।
निर्वाचितभन्दा मनोनीत हावी हुन नदिने रणनीतिमा नयाँ पुस्ता देखिन्छ । तर, पनि ढकाल महासंघका चुनावी रणनीति लगायत अन्य आन्तरिक मुद्दा मामिलामा अझै पकड राख्छन् । महासंघको ५४ औं वार्षिक साधारण सभा एवं नयाँ कार्यसमिति चयनका लागि हुन गइरहेको निर्वाचनमा पनि ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा प्रष्ट रुपमा उभिएर लबिङ गरिरहेका छन् ।
उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा र निर्वाचन हुन गइरहेको छ र उनले यो नियमति प्रक्रिया भएको विश्लेषण गरेका छन् । प्रत्येका तीन वर्षमा हुने निर्वाचन गत चैत २९ मै भइसक्नु र्पथ्र्यो । कोभिडका कारण सरकारले गरेको लकडाउनसँगै निर्वाचन पनि पर सर्यो । तर, नियमावलीले निर्वाचन दुई महिनाभित्रै हुनुपर्ने भनेको थियो । २ महिनाभन्दा पछाडि निर्वाचन सार्ने कुनै आधार नै दिएको छैन । कुनै विशेष परिस्थिति भएको खण्डमा ३ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ भन्ने छ । साउन २६ र २७ गतेका लागि निर्वाचन तोकिएको थियो । अदालतको ‘जिरो आवर’ भनी यस्लाई अझ पर ढकेलिएको छ ।
तथापि अहिलेको विषम परिस्थितिलाई हेरेर मंसिर ११ र १२ गते साधारण सभा र निर्वाचन हुन्छ नै भन्ने पक्षमा उनी छन् अन्यथा यसले भोलि ठूलो दुर्भाग्य जन्माउन सक्ने चेतावनी पनि दिएका छन् ।
विगत चैत्त महिनादेखि निर्वाचनको प्रक्रिया सुरु भइसकेको अवस्थामा अनिर्णयको बन्दी पनि भएको थियो । अहिले कोही न्यायिक पक्षमा गएको छैन । यदि भोलि त्यो अवस्था आयो भने अर्को दुर्घटना निम्त्याउन सक्ने बताए । त्यसैले अब तोकिएको मितिभित्र निर्वाचन गरेर निर्वाचित कार्यसमिति अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रमा देखा परेका समस्याको समाधान मात्र होइन आगामी रणनीतिहरु बनाउन अग्रसर हुनुपर्ने बताउँछन् ।
महासंघमा कोहि साइलेन्ट नबस्ने उनले बताए । पूर्व अध्यक्षहरु पनि एउटा गुटको राजनीति गरेर भाषण गरेर हिँडिरहेका छन् । निर्वाचनको एउटा प्रक्रिया पनि हो, पक्ष र विपक्ष हुने । तर, कतिपय अवस्थामा साथीभाइहरुले हिजोको दिनमा आफु महासंघको नेतृत्वमा कसरी पुगे । यसमा कुन टिमका कुन साथीहरुको के योगदान थियो भन्ने कुराहरुलाई बिर्सने प्रयास गर्दा अलिकति तितामिठा कुराहरु बजारमा आउने गरेको बताए । तर, यसलाई सामान्य रुपमा लिएर वैधानिक ढंगले भोलि निर्वाचन हुने टिमलाई महासंघको उद्देश्य प्राप्तिका लागि, आफूहरुले बोकेका एजेण्डाहरु प्रवद्र्धन गर्नका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने बताए । अहिलेको अवस्थामा पर्यटन, कृषि, निर्यात, रोजगारीका क्षेत्रहरु, धेरैतिर समस्या नै समस्याहरु छन् । नेपालको आर्थिक र सामाजिक क्षेत्रलाई चलायमान बनाउन, हाम्रो आन्तरिक उत्पादनहरुलाई प्रवद्र्धन गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने किसिमको गतिविधिमा लाग्नुपर्ने धारण राखे ।
अहिले वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र अर्को पक्ष चुनावी मैदानमा छन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भनेर समितिले केही समय अघि विधान संशोधन गरेका थिए । त्यो विधानको मर्म र भावनामा अहिले कताकता कुठाराघात भएको पनि देखिएको छ । आफूले वरिष्ठलाई अध्यक्ष किन बनाउन लागेको हो भने निर्वाचन हुँदा पक्ष विपक्ष हुन्छ । तर, अध्यक्षमा जाने मान्छेले पक्ष विपक्षमा लाग्नेहरुलाई मिलाएर लैजाँदा महासंघ एक भएर अघि बढ्न सक्छ भन्ने आफुले ठानेको बताए । तर, अहिले वरिष्ठबाट अध्यक्षमा जानुपर्ने जो व्यक्ति शेखर गोल्छा हो, उनले एक पक्षलाई बोकेर आफू अध्यक्ष हुने हो ? आफूसँग काम गर्नुपर्छ भनेर ‘अफिस’ नै खोलेर भाषण गर्दै हिँड्दै गरेको अवस्थाले स्वतः अध्यक्ष हुनुपर्छ भन्ने मूल्य र मान्यतालाई प्रश्न उब्जाएको जिकिर गरे ।
अब दुईपक्ष भएर आ–आफ्नो पक्षलाई लिएर अघि बढ्दा राम्रो हुने धरणा ढकालले राखेका छन् । ‘यहाँ त एउटा पक्षले म भोलिको अध्यक्ष हुँ, मसँग काम गर्नुपर्छ, म तिमीहरुलाई असहयोग गर्न सक्छु भन्ने किसिमको कुराहरु गर्दा मतदाताहरुलाई प्रभावित गर्ने काम भएको बताए । यसले जुन उद्देश्यका लागि विधान संशोधन गरेर वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने भनीएको थियो, यसको जुन मौलिकता र राम्रो पक्ष थियो त्यसमा नै प्रश्न उठेको बताए । तथापि चन्द्र ढकालको नेतृत्वमा एउटा टिम अघि बढेको छ । आफूले विगतका चार पाँचवटा निर्वाचनमा साथीहरुलाई सहयोग गरेको नेतृत्वमा जाने मौका पाएको पनि जानकारी गराए । हिजो सुरज वैद्य, प्रदीपजंग पाण्डे, पशुपति मुरारकादेखि लिएर भवानी राणा, शेखर गोल्छासम्म र किशोर प्रधान वरिष्ठमा हारेपछि आफूलेनै उनलाई जिल्ला नगरमा उम्मेदवार बनाएको पनि चन्डी ढकालले बताएका हुन् ।
आफू कसको पक्षमा लाग्ने भन्दा पनि आफैले उम्मेदवार उठाएर जिताएर महासंघको नेतृत्वमा पुर्याइरहेको बताए र अहिले चन्द्र ढकाललाई समर्थन भन्दा पनि अर्को कित्तामा जाने साथीहरु गए तर हिजोदेखि महासंघको निर्वाचनमा भूमिका खेल्ने साथीहरु त यहिँ रहेको उल्लेख गरे । चन्द्र ढकाल, टिमको उम्मेदवार हुन् । उनी एक व्यावसायिक ढंगले स्थापित भएको व्यक्ति हो । समावेशी टिम बनाउँदां, चन्द्र ढकाल, गुणनिधी तिवारी, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई उद्योग व्यवसायमा नेतृत्व गर्न सक्ने टिमलाई अघि बढाएको बताए ।
भोलि आउने दिनहरुमा कोभिडपछिको चुनौतीको अवस्थामा आफूहरुले उठाएका सवालका विषयमा राज्यसँग लबिङ गर्न सक्ने र महासंघलाई स्थापित गर्न सक्ने व्यक्तिहरु जसले साच्चिकै निजी क्षेत्रको नेतृत्व गर्न सक्छ । निजी क्षेत्रले खोज्दा जतिबेला पनि उपलब्ध हुने टिम चाहिएको जनाए । निर्वाचनका बेला मेचीदेखि महाकालीसम्म जाने तर चाहिने बेलामा आफूलाई अत्यन्तै व्यस्त भएको ‘आर्टिफिसियल’ प्रस्तुत गरिने प्रविति रहेको उल्लेख गरे । महासंघका ‘ईस्यू’ भन्दा पनि व्यक्तिगत ‘ईस्यु’ हरुलाई प्राथमकितामा राखेर जाने प्रचलन बढेर गएकोमा दुख प्रकट गरेका छन् । त्यो किसिमको प्रवृत्तिले गर्दा पनि जिल्ला नगरका साना मझौला उद्योगीहरुको प्रतिनिधित्व गर्ने साथीहरुमा खिन्नता छाएको बताए । यो टिमले त्यो खिन्नता आउन दिँदैन भन्ने प्रतिबद्धता भएको नाताले यो टिमलाई अब आउने निर्वाचनमार्फत नेतृत्वमा पुर्याउन आफुहरुले सहयोग गरेको बताए ।
खोला तर्यो लौरो बिर्सियो भनेजस्तै हो । जब नेतृत्वमा पुगेको मान्छेले मेरो प्राप्ति नै सबै थोक हो भनेर लाग्छ , अनि साथीहरुमा तिक्तता आउन सक्ने बताउँछन् । आफूले हिजोका दिनमा जस–जसलाई नेतृत्वमा लिएर गएका थिए , उनीहरुको अघि आफनोे केही प्रतिबद्धता थियो । साथीहरुका दुःख, सुखमा उपस्थित हुने , महासंघलाई दरिलो बनाउन, क्षमता विकास गर्न लाग्नुहुन्छ भन्ने उहाँहरुको अपेक्षा थियो । तर, निर्वाचित भएर गएपछि साथीहरुको फोन नै नउठाउने साथीहरुको समस्यामा आफ्नो उपस्थिति नै नजनाउने कुराहरु गरिसकेपछि यस्तो किन भयो भन्ने सवाल आफूले उठाउनुपर्ने जरुरी रहेको बताए ।
आफूले चन्द्र ढकाल लगायतको टिमलाई अहिले लिएर जाँदा यदि भोलि उहाँहरुले महासंघको गरिमा र उद्योगी व्यवसायीको हकहितका लागि म यो गर्छु भनेर प्रतिबद्धतासहित शपथ लिएको हुन्छ । त्यो प्रतिबद्धता पूरा नगरे भोलि फेरी उनीहरुको कितामा उभिन्ने प्रतिबद्धता जनाएका छन् ।
आफूले जसलाई छोयो उसैलाई चुनाव जिताइदिने भन्ने बाहिरी हल्ला जस्तो आफनो केही विशेषता नभएको तर साथीभाइहरुसँग सुख दुःखमा रहने प्रयास र्गर्ने बानि रहेको बताए । कतिपय जिल्लाका, वस्तुगतका साथीहरु अध्यक्ष छाडेपछि आफूलाई गन्दा पनि नगन्ने तर, हिजो अध्यक्ष हुँदा आफूसँग क्लोज भएका साथीभाइहरु जो पूर्वअध्यक्ष भएका छन्, कोही निवर्तमान छन्, कोही पदाधिकारी छन् सबै साथीहरुसँग आफ्नो सम्पर्क हुने बताउँछन् । कतिपय अफ्टेरो परेको अवस्थामा चाहे प्रहरी प्रशासन होस्, राजश्व प्रशासन हुन्, स्थानीय तहको होस् वा भन्सारका समस्याहरु हुन् समाधानका दौरान सबैले आफूलाई सक्रिय बनाउने बताए ।
चण्डी ढकाल हिजो अध्यक्ष बन्नका लागि वा कसैलाई बनाउनका लागि मात्र होइन, महासंघ भित्रको ब्यानरमा भए पनि नभए पनि हैसियत अनुसार साथीभाइहरुसँग आफू रहनु पर्छ भन्ने धारण रहेको बताए । उनीहरुलाई आवश्यकता पर्दा जुनसुकै समयमा पनि उपस्थीती जनाउने कारणले उनलाई विश्वास गर्ने गरेको बताए ।
महासंघ विशद्ध गैरनाफा मूलक संस्था हो । त्यस कारण त्यहा हुने हरेक आर्थिक क्रियाकलाप पारदर्शी हुनुपर्छ । महासंघभित्र हुने हरेक गतिविधिहरु सबै सदस्य साथीहरुलाई थाहा हुने वातावरण बन्नुपर्छ ।
अब जाने नेतृत्व सबैप्रति इमान्दार हुनुपर्छ । नेतृत्वमा आउने साथीले सबै साथीहरुसँग गरेका प्रतिबद्धताहरु र बचन भित्र आफू बाँधिएको छु भन्ने विषयलाई केन्द्रमा राख्नुपर्छ ।
महासंघको व्यानर कसैको व्यक्तिगत फाइदा, नियुक्ति, एकल व्यवसाय विस्तार, कमिसनको खेल र कसैको एजेण्ट बन्नका लागि प्रयोग गरिनु हुन्न । समग्र निजी क्षेत्रलाई समय सापेक्ष रुपमा पर्ने असर र समस्या समाधान गर्दै अवसरहरुको अधिकतम सदुपयोग गर्ने गराउने किसिमको सकरात्मक सोच महासंघ नेतृत्वमा हुनुपर्ने बताउँछन् ।
अर्को भनेको अबको नेतृत्वले सबै व्यवसायीसँग फेमिलियर हुन सक्ने क्षमता राख्नुपर्छ । यसका लागि व्यवसायसँग पनि उत्तिकै फेमिलियर भएको हुनुपर्छ, जसले व्यवसायको भावना र मर्म बुझेको होस् ।
सरकार, राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाजका साथै समग्र क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने क्षमता नेतृत्वले राख्नै पर्छ । व्यक्ति आफैंमा पूर्ण कहिल्यै हुँदैन, त्यसका लागि उसले टिम बनाउनै पर्छ र त्यो टिम धेरैभन्दा धेरै पारदर्शी हुनुपर्छ । महासंघमा आफू गएको महासंघको हक हितका लागि हो , महासंघका सदस्यका लागि हो, आफनो वृत्ति विकासका लागि होइन, फेरि व्यक्तिगत फाइदाका लागि होइन भन्ने सोचाई भएको व्यक्ति महासंघको नेतृत्वमा जानुपर्ने तर्क पनि गर्छन ।
अहिले कोभिडका कारण विश्यव्यापी रुपमा नै आर्थिक चुनौती थपिएको छ । जसका कारण प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ । संसारका सबै क्षेत्रहरु अहिले सिथिल भएको अवस्था छ भने केही क्षेत्रहरु कहिले माथि उठ्छन् भन्ने चुनौती पनि थपिएको छ । यो अवस्थामा लकडाउन नै समस्या समाधानको उपकरण बन्न सक्दैन । कोभिड अब आम मानिसको जीवनको अभिन्न पाटो बनि सकेको छ । यो अवस्थामा सामाजिक दूरी कायम गर्दै व्यावसायिक क्रियाकलापहरु अघि बढाउनु पर्ने हुन्छ । हिजो बन्द भएको उद्योगलाई सुचारु गराउनु पर्यो, कुन उद्योगको अवस्था के छ भनेर त्यसको निगरानी र नियमन गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
रुग्ण र रोजगारमूलक उद्योगहरुलाई राज्यले कुनै पनि हालतमा सञ्चालनमा ल्याउनुपर्छ । आज वैदेशिक रोजगारीबाट फर्किएका र फर्किरहेका लाखौं युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने महत्वपूर्ण घडीमा रहेको बताउँछन् । आन्तरिक र बाह्य पर्यटन क्षेत्रलाई पुनः सुचारु गराउनका लागि एउटा पक्षलाई अंगिकार गर्नुपर्ने हुन्छ । उत्पादनशील उद्योगहरुको पहिचान र पुनरुत्थान, बजारीकरण उत्तिकै महत्वपूर्ण रहेको छ ।
हामी मात्र नभई हाम्रा छिमेकी मुलुकहरु, सबै मुलुक, युरोपेली मुलुक वा पश्चिमा मुलुकहरुले के–कस्ता स्टिमुलस प्याकेजहरु ल्याएका छन् ? साना तथा मझौला उद्योगका लागि के छ ? सेवा क्षेत्रका उद्योगका लागि के छ ? शिक्षा, स्वास्थ्य लगायतमा के गरिएको छ ? अध्ययन गर्यो भने सबै थाहा हुने कुरा हुन् । यस्ता अभ्यासलाई नहेरी नेपाल एक्लैले बाँच्छु भन्यो भने अहिलेको अवस्थामा सम्भव नहुने प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया