काठमाडौं । चीनले एन्ट कम्पनीको रोक्का गरेको प्राथमिक साधारण शेयर निष्काशन आइपीओ का कारण वित्तीय प्रविधिक कम्पनी एन्ट गु्रपको बजार मूल्य १६५ खर्ब रुपैयाँले तल जाने विश्लेषण गरिएको छ ।
चीनको नयाँ नीतिका कारण एन्ट कम्पनीलाई कर्जापूँजी उठाउन पर्ने अवस्था आउँने छ भने देशव्यापी रुपमा सञ्चालन गर्न लाइसेन्स लिनु पर्ने कारण कम्पनीको मूल्याङकन आघा घट्ने आकलन गरिएको छ ।
मर्निङस्टार इनकर्पोशनका अनुसार नियमन निकायको विवरण प्रारम्भिक मात्र भएको कारण यो परिवर्तन हुनसक्ने जनाएको छ ।
आइपीओ निष्काशन भन्दा अगाडी कम्पनीको ३३२ खर्ब रुपैयाँको मुल्याङकन भन्दा आधा भएको अवस्थामा कम्पनी २ वर्ष अगाडीको अवस्था भन्दा कमजोर हुने जनाएको छ ।
घटेको मूल्याङकनले आइपीओ मूल्याङकन त अवश्य नै घटाउँछ साथै, लगानी गर्ने बैकहरुको आम्दानी पनि घट्ने छ । विश्वको सबैभन्दा ठूलो आइपीहो निष्काशन गर्ने योजनाले धेरै लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई उत्साहीत बनाएको थियो ।
गत हप्ता मात्र एन्ट कम्पनीको ३५ विलियन डलर बराबरको आइपीओ निष्काश्नको एकदिन अगाडि मात्र रोकिएको थियो । जसले गर्दा चाइनाको ऐतिहासिक कदममा असर परेको छ । चीनको आर्थिक वृद्धिलाई थप टेवा पु¥याउने लक्ष्यले पूँजी बजारमा ज्याक मा को ऐतिहासिक कदम रोकेको भन्दै नियमन निकायमो आलोचना समेत भइरहेको छ ।
मर्निङस्टार इनकर्पोशनकी वित्तीय विश्लेषक इरिश टनका अनुसार यो कदमले एन्ट कम्पनीको शेयर मूल्य २५ देखि ५० प्रतिशतको ह्रास आउने बताएकी छिन । आइपीओ निष्काश्न पूर्व कम्पनीको मूल्याङन विश्वको अग्रणी बैंकहरुको अवस्थामा पुग्ने बताएकी छिन् ।
अहिले एन्ट कम्पनीको बुक भ्यालु भन्दा ४.४ गुणा बढि शेयर भ्यालु रहेको छ । जसका काराण प्रति शेयर आम्दानी १० गुणाभन्दा धेरैले झर्ने प्रक्षेपण गरिएको छ ।
एन्ट कम्पनीको शेयर रोक्का गरिए पछि उनलाई बेजिङमा नियामक निकायले बोलाएको थियो जसमा नयाँ नियम अनुसार सो रकम बराबरको आइपीहो निष्काश्न गर्न कम्पनीले थप पूँजीको व्यवस्था गर्नु पर्ने बताएको थियो । (एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया