सोमवार शेयरबजारमा वृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं । सोमवार प्रि-ओपेनिङ सेसनदेखि नै निरन्तर बढेको बजार अन्तमा ४.२२ अंकले बढेर १६५२.८१ अंकको विन्दुमा बजार बन्द भएको छ ।

शेयरबजार परिसूचक नेप्से ०.२६ प्रतिशतले बढेपनि ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.६१ अंकले घटेको छ । सोमवार नेप्से परिसूचक बाहेक अन्य सबै सुचकहरु भने घटेका छन् ।

सोमवारको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका छन् । ६ वटा समूहको परिसूचक बढेको छ भने ६ वटै समूहको परिसूचक घटेको छ । जसमा अन्य र व्यापार समूहको परिसूचक ४ प्रतिशत भन्दा धेरैले बढेको छ भने लघुवित्त समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ ।

घट्ने समूहमध्य जलविद्युत समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ भने बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटबढ भएको छ ।

सोमवार एकैदिन नेपाल पुर्नबिमा कम्पनीको ५५ करोड १ लाख ८१ हजार ४ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल दुरसञ्चार प्रधिकरणको १३ करोड ७४ लाख ७५ हजार ३ सय ८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम, शेयर संख्या र कारोबार संख्याका आधारमा सोमवार नेपाल पुर्नबिमा कम्पनी रहेको छ । उक्त कम्पनीको मात्र ५ हजार ३ सय ५५ पटकको कारोबारमा ५ लाख ८३ हजार ९ सय २० कित्ता शेयर खरिदबिक्रि भएको छ ।

सोमवारको बजार बन्द हुँदा ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलप्मेन्ट बैंक, मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य ९.९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

त्यस्तै घम्लेदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.८६ प्रतिशतले घटेको छ । दोस्रो स्थानमा भने पाँचथर पावर कम्पनी लिमिटेडको ४.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमवार १ सय ९५ कम्पनीको ४१ हजार ४९ पटकको कारोबारमा १ करोड ३५ हजार ३ सय १३ कित्ता शेयरको खरिदबिक्रि हुँदा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २५ रुपैयाँ ९३ पैसा बराबरको कारोबार भएको छ ।

सोमवार कारोबारमा आएका कम्पनी मध्ये ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ , बाँकि १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?