काठमाडौँ- के तपाई युट्युबर हुनुहुन्छ ? अथवा युट्युब चलाउने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि खुसीको खबर छ ।
युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाममा समेटेको हो । अर्थात अब युट्युबका सेवा तथा कारोबारको प्रक्रियामा नेपालबाटै सहभागी हुन पाइने भएको छ ।
यस अघि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । पछिल्लो समय नेपालमा युट्युबको क्रेज बढेपनि मनिटाइज गर्दा आउने समस्याले झन्झट हुने गरेको थियो ।
युट्युबले पार्टनर प्रोग्राममा समेटेसंगै अब मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गर्न सक्नेछन् । यस पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन् । एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया