इन्स्टाग्राममा अब पढेलगत्तै आफैँ डिलिट हुन्छ च्याट

काठमाडौं । केहि दिन पहिला आएको ह्वाट्सएपको डिसअपेयरिङ म्यासेज फिचरको चर्चा धेरै भयो ।

यो फिचर अन गरेपछि पठाइएको म्यासेज ७ दिनमा आफैँ डिलिट हुन्थ्यो । तर अब तपाई च्याटिङको लागि इन्स्टाग्राम र फेसबुकको प्रयोग गर्नुहुन्छ भने तपाईलाई यो नयाँ फिचरको बारेमा जान्ने पर्छ ।

यो नयाँ फिचरलाई अन गरेपछि यी प्लेटफर्मबाट पनि म्यासेज आफैँ डिलिट हुनेछ ।

फेसबुक आफ्नो इन्स्टाग्राम र म्यासेन्जर एपका लागि ह्वाट्सएपको जस्तै नयाँ फीचर ल्याएको छ । अब म्यासेन्जर र इन्स्टाको च्याट पढिसके लगत्तै आफैँ डिलिट हुनेछ ।

यसको लागि तपाईसँग अपडेट एप हुन आवश्यक छ ।

फिचर इनेबल गर्नको लागि कुनै पनि एउटा एपमा जानुहोस्, उदाहरणका लागि इन्स्टाग्राम ।

अब एउटा च्याट विन्ड ओपन गर्नुहोस् । च्याटको तल्लो भागमा स्वाइप अप गरेर थोरै होल्ड गर्नुहोस् ।

यसो गरेपछि भ्यानिस मोड अन हुनेछ । जसले दुबै प्रयोगकर्ताको लागि काम गर्नेछ । (सेन्डर रिसिभर दुबैको लागि)

अब तपाईले जुन म्यासेज पठाउनुहुनेछ, त्यो पढेपछि तपाईले च्याट बन्द गरेलगत्तै म्यासेज डिलिट हुनेछ । भ्यानिस मोड बन्द गर्नको लागि तपाईले एक पटक फेरि स्वाइप गर्नुपर्नेछ ।

त्यसपछि च्याट विन्डो बन्द गरे पनि मोड अफ हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?