नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभावित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् ।
बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधारणलाई धमाधम कालोसूचीमा राख्नुका साथै धितो लिलाम गर्न थालेको पाइएको छ ।
बैंकहरूको सिफारिसमा खराब ऋणीलाई कालोसूचीमा राख्दै आएको कर्जा सूचना केन्द्रका अनुसार लकडाउनयता तीन हजार ६९ ऋणी कालोसूचीमा थपिएका छन् ।
कोभिड—१९ को संक्रमण पुष्टि भएपछि सरकारले गत वर्षको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउन अवधिमा कालोसूचीमा राख्न बेवास्ता गरे पनि खराव कर्जा बढ्न थालेपछि बैंकहरू असुलीमा आक्रामक बनेका हुन् ।
लकडाउनपछि राष्ट्र बैंकले बैंकका ऋणीहरूलाई १० प्रतिशत ब्याज छुट र ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको थियो ।
त्यसपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगहरूलाई प्रभावका आधारमा वर्गिकरण गरी ऋण पुनर्संरचना, ऋण तिर्ने समय थप गर्नुका साथै पुनर्कर्जा र सहुलियत कर्जाको समेत व्यवस्था गरेको छ ।
यस्तै, अप्ठ्यारोमा परेका व्यवसायीलाई कालोसूचीमा नराख्न तथा तत्काल धितो लिलामी नगर्न केन्द्रीय बैंकले बैंकलाई मौखिक निर्देशनसमेत दिएको थियो । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया