काठमाडौं । हारसँगै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बुधवार राति भएको खेलमा तेस्रो श्रेणीको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २-१ ले पराजित हुँदै रियल स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको हो ।
एल्कोयानोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो । रियलले ४५ औं मिनेटमा अग्रता बनाएको थियो । इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।
तर, खेलको ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २-१ को जित दिलाए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया