काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । बुधवार राति म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई २-० ले पराजित गर्दै जित हात पारेको हो ।
सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र इल्के गुण्डोगानले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल गरेको थियो ।
खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा गुण्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १८ खेलमा ३८ अंक जोडेको छ ।
एस्टन २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया