काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । बिहीवार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।
४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
जितसँगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ ।
टोटेनहमको ३३ अँक रहेको छ । टोटेनहम छैटौं स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया