एजेन्सी । चीनले अब आफ्नै सेमिकण्डक्टर निमार्ण गर्ने भएको छ । चिनियाँ कम्पनी ह्वावे, हाईसिलिकन, साओमीलगायतका ९० कम्पनी मिलेर आफ्नै सेमिकण्डक्टर निमार्ण गर्न लागेका हुन् । सेमिकण्डक्टरमा अमेरिकाको दबदबा कम गरी चिनको सेमिकण्डक्टर उद्योगलाई उकास्न यो योजना अघि बढाइएको हो । सेमिकण्डक्टर अद्योग चीनमा सबैभन्दा पछि परेको उद्योग हो ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार ९० कम्पनीले राष्ट्रिय एकीकृत शर्किट स्ट्यान्डर्डराइजेशन टेक्नोलोजी कमिटी गठनका लागि आवेदन दिएका छन् । ह्वावे, साओमी, हाईसिलिकन, डाटाङ सेमिकण्डक्टर, युनिचिप माइक्रो इलेक्ट्रोनिक्स, जेडटीई, चाइना युनिकम, चाइना मोबाइल, टेन्सेन्टलगायतका ९० कम्पनी एकै ठाउँमा उभिएर काम गर्ने तयारी गरिरहेका मन्त्रालयले जनाएको छ ।
हाल अमेरिकारले चिनियाँ कम्पनी ह्वावेमाथि अमेरिकी कम्पनीले निमार्ण गरेको सेमिकण्डक्ट प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कम्पनीको स्मार्टफोन बजार धरासायी हुँदै गएको छ । भोलिका दिनमा अन्य चिनियाँ कम्पनीमा पनि यस्तै खालको अवस्था सिर्जना हुनसक्ने भन्दै चिनियाँ कम्पनी आफ्नै सेमिकन्डक्टर निर्माणमा जुटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया