काठमाडौं । युवक युवतीहरुलाई भ्यालेन्टाइन डेको पखाई हुन्छ ।
१४ फेब्रुअरीमा हरेक वर्ष प्रेमी प्रेमिकाहरु यसलाई भव्य रुपमा मनाउँछन् । तर आज हामी एउटा यस्तो कुराको बारेमा जानकारुी दिँदैछौँ जो सुनेर तपाई पनि हैरान हुनुहुन्छ ।
कलेजमा भर्ना गर्नको लागि ब्वाईफ्रेण्ड बनाउन आवश्यक छ भन्दा अचम्म लाग्ला ।
सायद पत्याउन पनि गाह्रो पर्ला तर यो सत्य हो । भारतको आगरास्थित सेन्ट जोन्स कलेजमा यस्तो हुन्छ कि, कलेजमा भर्ना हुनको लागि भ्यालेन्टाइन डेसम्म ब्वाईफ्रेण्ड बनाउन आवश्यक छ ।
यो कलेजको एक लेटर सोसल मिडियामा भाइरल बनिरहेको छ ।
यो लेटरमा युवतीले कलेजमा भर्ना हुनको लागि भ्यालेन्टाइन डेसम्ममा थोरैमा एउटा ब्वाईफ्रेण्ड अनिवार्य बनाउनु पर्ने लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया