काठमाडौं । सोसल मिडिया कतिका लागि वरदान साबित भएको छ भने कतिका लागि अभिशाप सिद्ध भएको छ ।एउटा यस्तै समाचार अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
कोरोना कालमा स्कूल बन्द भएपछि एक ११ वर्षका बालकले मोबाइल धेरै चलाए ।
त्यसबाटै उनले यूट्युब हेरे र अश्लील फोटो बनाउन सिके । त्यसपछि उनले अश्लील फोटो बनाएर पैसा माग्न थाले ।
उनले प्यारेन्ट्सको अश्लील तस्वीर बनाएर उनीहरुलाई ब्ल्याकमेल गरेको बताइएको छ । एक परिवारले पुलिसमा यस केस दर्ता गराएपछि घटना बाहिरिएको हो । उनले उनीहरुसँग १० करोड रुपैयाँ माग गरेका थिए ।
यो घटना भारतको गाजियाबादको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया