काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । डाक्टरहरु यस्ता अनौठो केसबाट परिचित भइसकेका छन् । कहिले कस्तो केस तर कहिले कस्तो समाधानका लागि सबै डाक्टर कहाँ नै जान्छन् ।
एउटा यस्तै भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । एक रिपोर्टका अनुसार कोलम्बियामा २४ वर्षीय एंगर पेशाले माझी हुन् । एक पटक उनी माछा समाति रहेका थिए । एक माछो समाते ।
त्यसपछि उनलाई लोभ लाग्यो र उनले त्यो माछा मुखमा हाले । तर उनको यो लोभले हड्डी घाटीमा अड्कियो । उनलाई श्वास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए ।
डाक्टरले एक्स रे गरेर हेर्दा माछा अड्किएको देखेपछि तत्काल निकालेका थिए । यो घटनाको भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया