साइकलबाट सात देशको यात्रा: १५ हजार किमीको अनुभव पुस्तकमा

काठमाडौं । साइकल चलाउँदा शरीर फिट हुन्छ । साइकिल चलाउँदा हृदय रोग, स्ट्रोक, क्यान्सर र मधुमेह जस्ता रोगबाट छुटकरा पाउन सहयोग गर्दछ । त्यसैले केहि मानिसहरु बिहानै उठेर साइकिल चलाउँछन् । तर आज हामी तपाईलाई एक जोडीको बारेमा बताउँदै छौँ,जसले तीन महादेशमा रहेका सात राष्ट्रको यात्रा साइकिलबाट गरेका छन् ।

couple-travels1.jpg

उनीहरुले १५ हजार किलोमिटरको यात्रा गरेका छन् । नेदरल्याण्डका ट्रिस्टन र स्पेनकी बेलेनले साइकिलमा विश्वका सात देशको यात्रा गरेका हुन् । उनीहरुले इटाली, स्पेन, नर्वेजस्ता देशहुँदै मध्य एशियासम्म यात्रा गरे ।

उनीहरुले यति यात्रा गरिसकेपछि एक पुस्तकसमेत लेखेका छन्, जसमा नेदरल्याण्ड्स साइकिल चलाउन उत्कृष्ट रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?