काठमाडौं । १७ वर्षकी एक किशोरीले सानो विमान उडाउने प्रयास गरिन् । उडाउने प्रयास गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्कियो ।
यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।
घटना फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो । एयरपोर्टमा उपस्थित पुलिसका अनुसार किशोरीले विमानको इन्जिन चलाइन् र नजिकै जंजिरले बनेको बारमा ठोक्किन पुगिन् । विमानस्थलभित्र प्रवेशका लागि किशोरीले सैन्य क्षेत्रबाट करिब ४ सय मिटर टाढा बनाइएको बारबाट घुसपैठ गरेको बताइन्छ ।
किशोरीलाई विमान चोरीको शंकामा पक्राउ गरिएको छ । घटनाका कारण कसैलाई पनि चोटपटक भने नलागेको प्रहरीले जानकारी दिएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया