निन्द्रा ल्याउने स्पीकर : यसमा वर्षा, रेडियो र कीराको साउण्ड आउँछ !

काठमाडौं । यदि निन्द्रा राम्रोसँग परेन भने यसको असर पूरा शरीरमा नै पर्छ ।

अर्थात् थकान महशुस हुन्छ, दिमागले राम्रोसँग काम गर्न सक्दैन । यस्तोमा ह्याच बेबीको नामको प्रोडक्टले अब राम्रो निन्द्रा लाग्नेछ । यो प्रोडक्ट कम्पनीले बच्चाका साथै ठूलाले पनि यो प्रोडक्टको सहयोगमा राम्रो निन्द्रा लिन सक्छन् ।

कम्पनीले यो जनवरी २०२१ मा लञ्च गरेको थियो । यो प्रोडक्ट एलेक्सा पावर्ड स्पीकर हो ।

यो स्पीकरले ११ किसिमका साउण्ड दिन्छ । यसमा वर्षा, रेडियोको आवाज, कीराको आवाज, बर्ड्स साउण्ड, जस्ता विभिन्न साउण्ड सामेल छन् ।

सावधान ! राति निन्द्रा नलाग्नुको एउटा कारण यस्तो पनि हुनसक्छ

हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ ।

दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तीमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फुर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निद्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।

तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ ।

अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ ।

अनिद्राका कारण सम्झने शक्तिमा कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ ।

अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबै प्रकारका शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।

कसरी पाउने गहिरो निन्द्रा ?

– गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।

– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

– बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् ।

– गहिरो निद्राका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवम् ढाड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

– सिरानी धेरै अग्लो वा होंचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

– सम्भव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् ।

– सुत्नासाथ निद्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस् ।

सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।

– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निद्रा बिथोलिन्छ ।

– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।

– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निद्राको अचुक प्राकृतिक तरिका हो ।

कुन उमेर समुहलाई कति निन्द्रा ? 

नवजात (०–३ महिना) : 

भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ भण्टा सुत्नुपर्छ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निन्द्रा पुग्छ, तर १९ घण्टाभन्दा बढि सुत्न दिनु हुँदैन ।

शिशु (४–११ महिना) : 

यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निन्द्रा हो । कम्तीमा १० घण्टासुत्दा पनि निन्द्रा पुग्छ, तर शिशुहरुलाई १८ घण्टाभन्दा बढि कहिल्यै सुत्न दिनु हुँदैन ।

वामे सर्नेहरु (१–२ वर्ष) : 

यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नुपर्छ । यिनीहरु कम्तीमा ९ देखि १५ घण्टाको निन्द्रा हो ।

विद्यालय जानु अघिका (३–५ वर्ष) : 

विशेषज्ञहरुले यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नुपर्ने बताएका छन् । तर, ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि निन्द्रा यिनीहरुलाई उपयुक्त हुँदैन ।

स्कुले उमेरका (६–१३ वर्ष) : 

यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टाभन्दा कम र १२ घण्टाभन्दा बढिको निन्द्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४–१७ वर्ष) : 

किशोरकिशोरीका लागि सुझाएको निन्द्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढि र ७ घण्ठाभन्दा कम सुत्नु उपयुक्त नहुने जनाएको छ ।

युवा (१८–२५ वर्ष) : 

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो । यिनीहरुले ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु हुँदैन ।

वयस्क (२६–६४ वर्ष) : 

यो उमेरका समूहका लागि सुझाएको निन्द्राको अवधि युवाहरुको लागि जस्तै हो । ७ देखि ९ घण्टा सुत्नु  ।

वृद्व (६५ वर्ष भन्दामाथि) : 

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७/८ घण्टाको निन्द्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढि सुत्नु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?