वि.सं. २०७७ साल फाल्गुन २१ गते । शुक्रवार । इ.स.२०२१ मार्च ०५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन कृष्णपक्ष । तिथी– सप्तमी, २३ बजेर ४२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–अनुराधा,२६ बजेर १७ मिनेट उप्रान्त ज्येष्ठा । योग– हर्षण,२४ बजेर २१ मिनेट उप्रान्त बज्र । करण–भद्रा,१२ बजेर ५२ मिनेट उप्रान्त बव,२३ बजेर ४२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेटमा,सूर्यास्त १८ बजेर ०५ मिनेटमा । दिनमान २९ घडी ०८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाडिने समय रहेकोछ भने घर परिवार तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रसस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुने हुनाले खुशिले उचाई नाघ्नेछ । तरपनि मामा वा मावली पक्षसँग मनमुटाव नहोला भन्न सकिन्न ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । तरपनि दाजुभाई तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- राम्रा तथा परिणाममुखि काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया