वि.सं. २०७७ साल फाल्गुन २६ गते । बुधवार । इ.स.२०२१ मार्च १० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन कृष्णपक्ष । तिथी– द्वादशी,१५ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–श्रवण,२१ बजेर ४५ मिनेट उप्रान्त धनिष्ठा । योग– परिध,११ बजेर ३८ मिनेट उप्रान्त शिब । करण–तैतिल,१५ बजेर २३ मिनेट उप्रान्त गर,२७ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेटमा,सूर्यास्त १८ बजेर ०८ मिनेटमा । दिनमान २९ घडी २५ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- शिक्षामा अलि बढि समय लगानी गर्दा मात्र नतिजा हात पार्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा भए पनि बाटोमा दुःख हुन सक्छ । व्यापार व्यवसायमा प्रशस्त समय दिए मात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा विश्वासघात हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- शरिर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानि नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङमा मनमुटाव हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा आम्दानी कम हुनाले लगानी गरीहाल्ने समय रहेको छैन । संगित क्षेत्रमा भने समय राम्रो रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया