काठमाडौं- कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइँदै छ । यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो । तर विभिन्न कारणले उक्त दिनमा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जनाएको छ ।
खोप आज शनिबार १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ । आज अघिल्लो पटक छुटेका सांसदसहित संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई खोप लगाइने सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया