त्रिवि शिक्षण अस्पतालद्धारा पहिलो पटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

लोकपथ
0
Shares

काठमाडौं- महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका चिकित्सकहरुले शनिवार राति ८ घण्टा लगाएर बालकको कलेजो प्रत्यारोपण गरिएको हो । ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका हुन् ।

काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको तयारी गरिएको भएता पनि शनिवार मात्र ति बालकको सफलपूर्व कलोजो प्रत्यारोपण गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा.रमेश सिंह भण्डारीले जानकारी दिए । उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण शुरु भएको थियो । डा.भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो ।

यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो । प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको डा.भण्डारीले बताए ।

मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक वर्ष यी दुवै सेवा रोकिएका थिए । हाल आएर यो सेवा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?