उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने

लोकपथ
0
Shares

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा आज केही समय बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी गराई सकेको छ ।

बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ।

साथै बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?