काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन गर्दै जित हात पारेको छ । शनिवार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको मैदानमा खेलको ४३ औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोल अन्तरको जित दिलाए ।
जितसँगै लिभरपुलले ३१ खेलमा ५२ अंक जोडेको छ । लिभरपुल पाँचौं स्थानमा उक्लिएको छ । एस्टन ४४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया