हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको पनि महाशाखाको भनाइ छ ।
महाशाखाले मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै तुँवालोको असर पनि रहने छ।
यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया