भारतमा कोरोना : थप १ लाख ६१ हजार बढीमा संक्रमण, ८ सय ७९ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दैनिक रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १४ लाख १ सय २२ नमुना परिक्षण गर्दा १ लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप ८ सय ७९ जनाको मृत्यु भएको छ ।हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत २४ घण्टामा भारतमा ९७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ६९८ रहेको छ ।

भारतमा हालसम्म १० करोड ८५ लाख ३३ हजार ८५ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा ‘चार दिने टिका उत्सब’ (खोपको कार्यक्रम ) चलिरहेको छ ।हिजो सोमवार ड्रग कन्ट्रोलर जेनेरल अफ इन्डीया (डीसीजीआई)ले रसियन कोरोनाविरुद्धको खोप ‘स्पुत्नीक भी’लाई प्रयोगको मान्यता दिइएको पनि समाचारमा जनाइएको छ । योसँगै भारतमा मान्यता पाउने कोभशिल्ड, कोभ्याक्सीन र स्पुत्नीक भी गरी तीन खोप पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?