काठमाडौं । एमालेमा एकपछि अर्को समानान्तर कमिटी घोषणा गर्ने क्रम तीव्र भएको छ ।
माधव नेपाल समूहले राजु गुरूङको अध्यक्षतामा नेकपा एमाले रूपन्देही समानान्तर किमिटी घोषणा गरेको छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणाा भएको हो ।
जिल्ला विस्तारित बैठक मार्फत एमाले रूपन्देही कमिटी पुनर्गठन गरिएको हो जसको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्वीचरण भट्टराईलाइ जिम्मेवारी तोकिएको छ । २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया