काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै तत्काल लकडाउन लगाउने सोच नभएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सतर्कताका विधिबाट कोरोना नियन्त्रण गर्ने प्रयासमा सरकार लागि परेकाले तत्काल लकडाउन लगाउने सोचमा सरकार नपुगेको बताए ।
नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको प्रधानमन्त्री ओलीले भने ।परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको प्रधानमनत्री ओलीले बताए । त्यस्तै कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भनेपनि आफू त्यो पक्षमा नरहेको प्रधानमन्त्री ओलीले पष्ट पारे ।
प्रधानमन्त्री ओलीको सम्बोधन अहिले पनि जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया