बायर्नलाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो ।

Image

घरेलु मैदानमा पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।

पीएसजीले पहिलो लेगमा बायर्नलाई ३-२ ले हराएको थियो ।

Image

पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?