धार्मिक नेता पक्राउ परेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन

काठमाडौं । पाकिस्तानमा धार्मिक नेता साद हुसैन रिजवी र उनका सहयोगीहरूलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरुले प्रदर्शन गरेका छन् ।

प्रहरीले आतंकवाद प्रतिरोधी कानूनबमोजिम तहरिक–ए–लब्बैज पाकिस्तान पार्टी (टीएलपी) का नेताहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले तहरिक ए लब्बैज पाकिस्तानका प्रमुख साद हुसैन रिजवी र अन्य नेताहरूलाई पाकिस्तानको दण्ड संहिताका अलग–अलग धारा लगाएर मुद्दा दर्ता गरेका छन् । साद हुसेन तहरीक–ए–लब्बैक पाकिस्तानका संस्थापक नेता मौलाना खादिम हुसैन रिजवीका पुत्र हुन् ।

आफ्ना नेता समातिएपछि आन्दोलनमा उत्रिएका समर्थकहरूले हिंसात्मक दंगा गरिरहेका छन् । हिंसात्म दंगामा सिपाही मोहम्मद अफजलको मृत्यु भएको पनि समाचारमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?