काठमाडौं । गुल्मी र सुनसरीमा खोला तथा नहरमा डुबेर ४ जनाको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनेस्थित पनाहा खोलामा नुहाउने क्रममा डुबेर मदाने गाउँपालिका १ अग्लुङ बस्ने सन्जिब बिकको छोरा ५ वर्षीय सुमन बिक र प्युठान गौमुखी गाउँपालिका ५ बस्ने आमा बिष्णु बिकको छोरा ८ वर्षीय गोबिन्द बिकको मंगलवार दिउसो मृत्यु भएको हो ।
उक्त खोलामा डुबेर अशक्त भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका १४ नर्भासास्थित नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका ७ बस्ने १७ वर्षीय सायल चौधरी र १४ वर्षीय आयुष भुर्तेलको हिजो मंगलबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरुको धरान घोपा अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया