काठमाडौं । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न देशका राष्ट्रप्रमुख तथा कुटनीतिक नियोगका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन् । यसरी शुभकामना व्यक्त गर्नेमा अमेरिकी राष्ट्रपति, अस्ट्रेलियन प्रधानमन्त्री तथा अमेरिकी र चिनियाँ राजदूतलगायत रहेका छन् ।
उनीहरुले ट्वीट, विज्ञप्ति मार्फत नेपाली नयाँ वर्षको शुभकामना दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ट्वीटमार्फत दक्षिण एसीयाका देशहरुले मनाउने विभिन्न पर्वको एकसाथ शुभकामना व्यक्त गरेका छन् । नेपाली, बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसुलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।
Jill and I send our warmest wishes to the South Asian and Southeast Asian communities who are celebrating Vaisakhi, Navratri, Songkran, and the incoming New Year this week. Happy Bengali, Cambodian, Lao, Myanmarese, Nepali, Sinhalese, Tamil, Thai, and Vishu New Year!
— President Biden (@POTUS) April 13, 2021
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सचिवालयले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् । विज्ञप्तिमा शुभकामना दिँदै अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको प्रभाव र उपस्थितिले महत्त्वपूर्ण स्थान पाएको उल्लेख छ ।
यो साल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साथै भारतीय दूतावासले नयाँ वर्षको शुभकामना दिएका दिएका छैनन् ।
अमेरिकी राजदुत र्यान्डी बेरीले पनि ट्वीटमार्फत् नयाँ वर्षको शुभकामना दिएका छन् । उनले नेपालीमै शुभकामना दिँदै लेखेका छन् नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।
नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं। #HappyNewYear 2078!🙏 @USEmbassyNepal pic.twitter.com/2IviKkQrl0
— Ambassador Randy Berry (@USAmbNepal) April 14, 2021
चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत् नयाँ वर्ष २०७८ को शुभकामना दिएकी छिन् । उनले नयाँ वर्ष प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गरेकी छिन् ।
नयाँ वर्ष २०७८ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । नयाँ वर्षको शुभकामना !🙏 pic.twitter.com/80BEJp3uXM
— Ambassador Hou Yanqi (@PRCAmbNepal) April 14, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया