काठमाडौं । गए राती खेलिएका २ अन्तिम लेग क्वार्टर फाइनलबाट स्पेनको रियल मड्रिड र इङ्ल्यान्डको म्यानचेस्टर सिटी अन्तिम ४ मा पुग्न सफल भएका छन् ।
नेपाली समय अनुसार राती १२ः ४५ मा किक अफ् भएका खेलमाहरु मध्ये एकमा प्रिमियर लिग विजेता लिभरपूलले आफ्नो घरेलु मैदान अन्फिल्डमा रियल मड्रिडसँग ०-० को बराबरी खेल खेलेपनि पहिलो लेगको ३–१ को हारको नतिजाको कारण प्रतियोगिताबाट बाहिरिन पुगेको छ भने अर्को खेलमा म्यानचेस्टर सिटीले बोरसिया डर्टमन्डमाथि सिग्नल इडुना पार्कमै २–१ गोल अन्तरले खेल आफ्नो पकडमा बनाएको छ।
खेलको १५औं मिनेटमा डर्टमन्डका जुड बेलिंघमले शानदार गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए। च्याम्पियन्स लिगको नकाउट चरणमा गोल गर्ने बेलिंघम सबै भन्दा कम उमेरका ब्रिटिश खेलाडी हुन पुगे । तर जुडको खुशियालीलाई खेलको ५५ औं मिनेटमा सिटीका रियाद माहरेज़ले पेनाल्टी मार्फत अन्त्य गरिदिए।
सिटीले खेलको ७५ औं मिनेटमा फिल फोडेनको गोल मार्फत अग्रता लियो र क्वाटर फाइनलको दुई लेग गरी डर्टमन्डमाथि ४-२ गोल को अन्तरले आफ्नो अन्तिम ४ को यात्रा सम्भव पार्यो। टर्कीको इस्तानबुलमा फाइनल खेल खेल्ने दाउ मा अब सेमी फाइनलमा रियल मड्रिडले इङ्ल्यान्डको चेल्सी र म्यानचेस्टर सिटीले फ्रान्सको पी एस जीसँग भिड्ने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया