गण्डकी प्रदेश : विशेष अधिवेशन बोलाउन तीन दलको माग

काठमाडौं । गण्डकी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेसँगै तीन दलले विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनलाई संयुक्त पत्र लेख्दै तीन दलले त्यस्तो माग गरेका हुन् ।

बिहीवार (आज) तीन दलसहित राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?