काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले गण्डकी प्रदेशको चालू अधिवेशन हठात अन्त्य गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता पौडेलले अविश्वासको प्रस्ताव सुन्ने नसकेर प्रदेश सभाको अन्त्य गरेको आरोप लगाएका छन् ।
संसद अधिवेशन अन्त्यप्रति असन्तुष्टि जनाउँदै नेता पौडेलले अल्पमतमा परेपछि केन्द्रमा संसद भंग भएको र प्रदेशमा अधिवेशन अन्त्य गरिएको टिप्पणी गरे । उनले भने- ‘काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने ।’
देशमा विधि विधान र पद्धती केही नभएको भन्दै त्यस्तो मनपरीतन्त्र स्वीकार नहुने भन्दै सन्कीको दास भएर देश चल्न नसक्ने बताए । उनले भने- ‘अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि-विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीको दास भएर यो देश चल्न सक्दैन ।’
राष्ट्रिय जनमोर्चाले गण्डकीमा सरकारको साथ छोडेसँगै अल्पमतमा परेपछि प्रदेशको चालू अधिवेशन अन्त्य गरिएको छ । साथै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । भने विशेष अधिवेशन बोलाउन समेत माग गरेको छ ।
काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने । अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि- विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीकाे दास भएर यो देश चल्न सक्दैन ।
— Pradip Paudel (@paudelpradipNC) April 15, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया