काठमाडौं । नेपालका विभिन्न १४ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै विद्यालय तथा रात्रि व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चिवतन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा कोरोना संक्रमणको जोखिम बढी भएको भन्दै भीडभाड हुने क्षेत्रमा नजान आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विद्यालय, रात्री व्यवसायहरु, सातबजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु लगायत जात्राहरु र सभा सम्मेलनमा नजान आग्रह गरेको हो ।
त्यस्तै जनश्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया