काठमाडौं । ओखलढुंगा र भक्तपुरमा यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
१५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ बस्ने सुनकोशी गाउँपालिका ९ घर भएका ३९ वर्षीय दल बहादुर कार्कीलाई हिजो बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, भक्तपुरमा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका १ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका ५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई हिजो (बिहीवार) साँझ प्रहरीले पक्राउ गरेको छ ।
दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया