काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
शनिवार (भोलि) बिहान ११ बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले लोकपथलाई जानकारी दिए । त्यस्तै भोलिको बैठकमा कोरोना महामारी नियन्त्रण, संसदको अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।
‘विभिन्न समयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग छलफल गरिरहनु भएको छ । भोलिको बैठकमा पनि प्रधानमन्त्रीज्यूले कोरोना महामारी नियन्त्रण, समसायीक राजनीतिक घटनाक्रम र संसदको अधिवेशनका बारेमा छलफल गर्नुहुनेछ ।’ उनले लोकपथलाई भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया