काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यमलाल कँडेलले पार्टी एकता भएका कारण मात्रै सरकारलाई समर्थन गरेको बताएका छन् ।
शुक्रवार (आज) बसेको कर्णाली प्रदेशको साताँै अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै नेता कँडेलले त्यस्तो बताए ।
सभालाई सम्बोधन गर्दै नेता कँडेलले भने- ‘हामीले एउटै पार्टी बन्छ भनेर समर्थन गरेको हो । आज फेरि दलको अलग अस्तिृत्व आइसकेपछि हामीलाई त्यहि लाग्यो त्यहि अनुसार निर्णय गर्न लागेको हौँ ।’
त्यस्तै देशैभरी नेकपा एमालेले बाकस थापेर नेतृत्व चयन गरेर भएकाले समर्थन फिर्ता लिन लागेको बताए ।
चलिरहेको संसद विघटन गरेर मात्रै प्रतिगमन भन्न नमिल्ने उनले बताए ।
‘नेपाली राजनीतिमा आफूलाई समर्थन गर्ने हो भने क्रान्तिकारी हुने र आफूलाई समर्थन नगर्नेहरुलाई अर्कै नामबाट सम्बोधन गरिन्छ ।’ उनले भने ‘के गर्दा प्रतिगामी हुन्छ ? के गर्दा अग्रगामी हुन्छ ।’
सबै प्रदेशमा नेकपा एमालेले संगठनात्मत रुपमा आफ्ना गतिविधि सन्चालन गरिरहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया