काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको छ ।
बैठकमा संसद् अधिवेशन, कोरोना संक्रमण तथा रोकथाम र पछिल्लो राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने सल्लाहकार थापाको भनाई छ ।
प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार टिकाउनको लागि जनता समाजवादी पार्टी, नेपाल सँग सहकार्य गर्न खोजिरहेको तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले प्रधानमन्त्री ओलीको विकल्पको सन्दर्भमा छलफल गरिरहेको सन्दर्भमा आज बस्ने सर्वदलीय बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया