प्रधानमन्त्री ओलीले गरेको निम्तो प्रचण्डद्धारा अस्वीकार

लोकपथ
0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रवार दाहाललाई फोन गरेका थिए । दाहालले भेटघाट बालुवाटारमा होइन, सिंहदरवारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जवाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारेका हुन् ।

यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो। तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरवार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जवाफ फर्काएका छु’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले शनिवाररका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिवार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए। दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रवार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?